अफ्रिकी मुलुक मलाबीमा आँधी, २ सयको मृत्यु, दश जिल्लामा आपतकाल घोषणा

एजेन्सी । अफ्रिकी मुलुक मलाबीमा आएको आँधीमा २ सय जनाको मृत्यु भएपछी १० वटा जिल्लामा आपतकाल घोषणा गरिएको छ ।

छिमेकी मुलुक मोजाम्बिकबाट प्रवेश गरेको फ्रेडी नामको शक्तिशाली आँधीका कारण मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । आँधीसँगै आएको बाढी पहिरोले हजारौं घरबारबिहिन हुनुका साथै आँधी प्रभावितहरुमा हैजाको जोखिम बढेको छ ।

भारी वर्षासँगै आएको आँधीले सयौं घरका छानाहरु उडाउनुका साथै सयौंको संख्यामा सवारी साधनमा क्षति पुगेको छ । आँधीले बिजुलीका पोल र रुखहरु ढालेकाले अवरोध भएका सडक खुलाउने प्रयास राखिएको छ ।

उद्धारकर्ताहरुले बाढीले बगाएका केहीको उद्धार गरेका छन् भने केही अझै बेपत्ता भएको जनाएका छन् । बाढीप्रभावितहरुलाई अस्थायी टहरा बनाई राखिएको छ । आँधी अझै केही दिन सक्रिय रहने भन्दै मौसमबिदहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय