इन्टर मिलान युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । पोर्चुगिज क्लब एफसी पोर्टोमाथि दोस्रो लेगमा गोलरहित बराबरी खेले पनि समग्रमा १–० को नतिजासहित इटालियन क्लब इन्टर मिलान १२ वर्षपछि युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० को जित नै इन्टरलाई क्वाटरफाइनलमा पुग्न पर्याप्त बन्यो ।

पोर्टोमा मंगलबार राति भएको खेलको इन्ज्युरी समयमा मेहदी तारेमीको प्रहार पोस्ट र क्रसबारमा लागेर फर्कदा पोर्टो बराबरीबाट चुकेको थियो ।

दोस्रो लेगको इन्जुरी समयमा डिफेन्डर पेपेले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि पोर्टो १० खेलाडीमा समेटिएको हो ।

इन्टर सन् २०११ मा जर्मन क्लब साल्केसँग समग्रमा ७–३ ले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय