राप्रपा उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ। राष्ट्रपति निर्वाचनमा मतदान नगरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनको मतदानमा पनि तटस्थ बस्ने निर्णय गरेको हो।

विज्ञप्तिमार्फत केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता मोहन श्रेष्ठले सो जानकारी दिएका हुन्। उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदै छ। सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका लागि उम्मेदवार छन्। राप्रपाले गत फागुन २५ मा पनि राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको थियो।

किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने निर्णय तत्काल फिर्ता लिनसमेत राप्रपाले माग गरेको छ। ‘किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर