काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकीय इनिङको सहयोगमा बुधबार संयुक्त अरब इमिरेट्स (युएई)ले आईसिसी विश्वकप क्रिकेट लिग–२ को खेलमा पपुवान्युगिनी (पिएनजी) विरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ६८ बल बाँकी रहँदा भेटाएको हो ।
यससँगै युएईले काठमाडौं जारी लिग–२ को अन्तिम श्रृंखलामा पहिलो जित निकालेको छ । लिग–२ को अन्तिम खेल बिहीवार नेपाल र भ्रमणकारी टोली युएईबीच हुने छ ।