काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईबीच खेल भइरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ।
खेलमा नेपाललाई चौथो सफलता हात लागेको छ। युएईले २७ औँ ओभरको पहिलो बलमा चौथो विकेट गुमाएको हो। आर्यन आफजाल खानलाई ३ रनमै दीपेन्द्रसिंह ऐरीले आउट गराएका हुन्।