चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु

काठमाडौं। चैत ५ गते हुने स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनका लागि आज (बिहीबार) मध्यरातिदेखि मौन अवधि सुरु हुने भएको छ।उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार–प्रसार गर्न पाउने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ। त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन।

स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपरान्ह चार बजेसम्म तोकिएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्।

यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चयन हुनेछन्। त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर