काठमाडौं। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले खराब सुरुआत गरेको छ। युएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ।
पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शून्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए। यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो।