काठमाडौँ । नेपाली फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बाको मृत्यु भएको छ ।
सुब्बाको आज ७८ वर्षको उमेरमा भारतमा मृत्यु भएको नृत्य निर्देशक कमल राईले बताए ।
बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायतका फिल्म निर्देशन गरेका सुब्बाले बिसं २०३५ मा ‘परालको आगो’बाट निर्देशन थालेका थिए । उनी नेपाली मुलमा भारतीय निर्देशक समेत थिए ।
थुप्रै टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पट्कथा लेखक पनि हुन् ।