काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ। २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन।
गत बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपति निर्वाचनमा जस्तै उपराष्ट्रपति निर्वाचनमा पनि भाग नलिने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन्।
आज बिहान १० बजेदेखि ३ बजेसम्म संघीय संसद भवनमा उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार जना उम्मेदवार छन्।

