काठमाडौं। उपराष्ट्रपति चयनका लागि मतदान जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरू भएको हो। दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ।

