रास्वपाले उपराष्ट्रपतिमा ममता झालाई भोट दिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीका उम्मेदवार ममता झालाई भोट दिने भएको छ।उपराष्ट्रपतिको निर्वाचनको मतदान जारी रहेका बेला रास्वपाले झालाई मत दिने जनाएको हो।

रास्वपा सांसदहरु छलफलमा जुटेका थिए। एक सांसदका अनुसार छलफलमा झालाई मत दिने समझदारी भएको छ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेका अष्ठलक्ष्मी शाक्य र जनमतबाट झा प्रतिस्पर्धामा छन्। राष्ट्रपतिको निर्वाचनमा रास्वपाले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई मत दिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर