काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको उपनेता चयन गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको हो।
तामाङलाई दलको उपनेता चयन गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए। यस्तै राप्रपाले संसदीय दलको विधान पूरा गरेको उनले बताए।
बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको उनले बताए। प्रधानमन्त्रीको विश्वासको मतका सम्बन्धमा राप्रपाले अर्को बैठकबाट निर्णय लिने उनले बताए।

