उपराष्ट्रपति रामसहाय यादवले भोलि पद तथा गोपनीयताको शपथ लिने

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर