रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो।

पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले यसअघी प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको हो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्।

एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए।

रास्वपाले सरकारबाट हटेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। प्रदेशसभा निर्वाचनमा भाग नलिएको रास्वपाबाट प्रतिनिधिसभामा भने १९ सांसदको प्रतिनिधित्व छ।

प्रतिक्रिया

सम्बन्धित खवर