प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन काँग्रेसको ह्विप

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं र सरकारमा सहभागी हुने हो, उनले भने, ‘हामी ह्विप पनि जारी गर्छौं।’ काँग्रेस कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। संसदीय दलको बैठकले सोही निर्णयलाई सदर गरेको हो।

सरकारमा सहभागी हुने निर्णयसँगै काँग्रेस अब सत्तापक्षको बेन्चमा बस्नेछ। प्रतिनिधिसभामा काँग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने तय भएको छ।

यो पनि, नेपाली काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए।

‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं र सरकारमा सहभागी हुने हो,’ उनले भने, ‘हामी ह्विप पनि जारी गर्छौं।’ काँग्रेस कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो। संसदीय दलको बैठकले सोही निर्णयलाई सदर गरेको हो।

सरकारमा सहभागी हुने निर्णयसँगै काँग्रेस अब सत्तापक्षको बेन्चमा बस्नेछ। प्रतिनिधिसभामा काँग्रेसका ८९ जना सांसद छन्। प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने तय भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर