इटालियन सिरी ‘ए’ फुटबलमा उडिनेसले एसी मिलानलाई हरायो

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा उडिनेसले एसी मिलानलाई हराएको छ ।

शनिबार राति भएको खेलमा उडिनेसले मिलानलाई ३–१ ले हराएको हो ।

खेलको नवौं मिनेटमा रोबर्टो पेरेएरेले गोल गर्दै उडिनेसलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफकै इन्जुरी समयमा बेटोले गोल गर्दै उडिनेसलाई २–१ को अग्रता दिलाए । त्यसपछि ७० औं मिनेटमा किङ्स्ले इजिबुले गोल गर्दै उडिनेसलाई ३–१ को जित दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा एन्ड्रिया सोटिल सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि उडिनेस १० खेलाडीमा समेटियो ।

जितसँगै ३८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । हारव्यहोरेको मिलान ४८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय