काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले पराजित गरेकाे छ ।
आफ्नै मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकाले २ गोल गर्दा ग्याब्रियल मार्टीनेली र ग्रानिट झाकाले एक एक गोल गरेका हुन् । प्यालेसका जेफ्रे श्लपले १ गोल फर्काएका थिए ।
यो जितसँगै आर्सनलले प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ८ अंकको अग्रता बनाएको छ । २८ खेलबाट आर्सनलको ६९ अंक भएको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ६१ अंकसहित दोस्रो स्थानमा रहेकाे छ ।
जारी लिगमा आर्सनलले अब १० खेल खेल्न बाँकी रहेकाे छ । ति दश खेलहरुमा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगै लिभरपुल र चेल्सी समेत प्रतिद्धन्दी रहेका छन् ।