घट्यो आज सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज भने केही घटेको छ । सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय