काठमाडौं। नेकपा माओवादी केन्द्रले एमालेले सहमति छोडेर भागेको आरोप लगाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत माग्ने क्रममा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले यस्तो आरोप लगाउनु भएको हो ।
‘हामी सहमतिका कुरा गर्छौँ। भएकालाई ठोक्दै हिन्ने, लखेट्दै हिन्ने अनि सहमति हुन्छरु क्याबिनेटबाट हट्नु होस् भनेर कतिखेर भन्नुभयो प्रधानमन्त्रीलेरु तपाईंहरु नै छोडेर भाग्ने रु’ पौडेलले भने,‘अनि ठूला कुरा गर्नेरु’
पौडेलअघि बोल्नुभएका नेकपा एमालेका विष्णु पौडेलले माओवादीले सहमति तोडेको आरोप लगाउनु भएको थियो। त्यसको जवाफमा देवेन्द्र पौडेलले एमाले नै सहमति तोडेको टिपप्णी गर्नु भएको हो ।

