काठमाडौं। नेकपा एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको छ। मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो।
कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्ने, आफ्नो दलको तर्फबाट को-को सरकारमा जाने भनेर छलफल गर्ने उनले बताए।

