आगामी वैशाख १० को उपनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरू

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि भाग लिन इच्छुक राजनीतिक दलको आजदेखि दल दर्ता सुरू गर्दैछ।

तनहुँ क्षेत्र नं.१ र बारा क्षेत्र नं. २ को उपनिर्वाचनका लागि आयोगले बुधबारदेखि दल दर्ता गर्न लागेको हो। दल दर्ताका लागि आयोगले बुधबारदेखि चैत १२ गतेसम्मको समय दिएको छ। चितवन क्षेत्र नं. २ को लागि भने आयोगले यसअघि नै दल दर्ता गरेको थियो।

आयोगले रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र रवि लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर