काठमाडौं। आज (बुधबार) नेपाली बजारमा एकै दिन सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको छ।
अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८ सयमा कारोबार भएको थियो। यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ।
चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेर १३३५ रुपैयाँमा कारोबार भएको छ। चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रूपैयाँसम्म पुगेको रेकर्ड छ।