लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य नहुने शेखर कोइरालाको भनाइ

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य नहुने भन्दै ध्यानाकर्षण गराएका छन्। उनले नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा राजनीतिक दल, मानवअधिकारकर्मी र नागरिक समाजको ध्यानाकर्षण गराएका हुन्।

कोइरालाले सामाजिक सञ्जालमार्फत् सरकारले ल्याउन लागेको दूरसञ्चार विधेयकमा सरकारी अधिकारीले नै व्यक्तिको फोन ट्याप गर्ने प्रावधान राखेको समाचार सार्वजनिक भएपछि ध्यानाकर्षण गराएका हुन्।

डा. कोइरालाले भनेका छन्, ‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन। विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर