रामचन्द्र र समिक्षाले कस्लाई भने ‘घाँटी रेट्नलाई’ ? (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरीगीत ‘घाँटी रेट्नलाई’ बजारमा आएको छ । गायक गायक रामचन्द्र चन्द र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो ।

गीतमा एकअर्कालाई प्रेम गर्ने प्रेमि जोडीको वियोगान्त कथालाई मूल्य विषय बनाइएको छ । प्रेम र विश्वासमा घात गरेको र जुन प्रेमलाई सर्वस्व ठानेको त्यहि प्रेमले धोका दिएर घाटी रेटेको भाव समेटिएको गीतको म्युजिक भिडियोमा कलाकार चिरिञ्जीवी सापकोटा ९जिवी चिरन०, यशु भट्टराई, अन्जना दुलाल र रोयल प्रिन्स सिंहको अभिनय रहेको छ ।

गीतमा नन्दु परियारको संगीत रहेको छ भने प्रकाश न्यौपाने शब्द रहेको छ । यस्तै उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

यस अगाडि बजारमा आएका गीतलाई जसरी दर्शकश्रोताले माया दिएका थिए यो गीतलाई पनि उस्तै माया र साथ दिने गायक चन्दको विश्वास र अपेक्षा रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय