बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक नै स्थगित

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ।विश्वासको मत लिने प्रयोजनका लागी आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक नेपाली कांग्रेसले दुई दिन समय मागेपछि स्थगित भएको हो ।

सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल कांग्रेसका प्रदेशसभा सदस्यहरु पनि अहिले काठमाडौंमै छन् ।संसदीय दलको बैठक चलिरहेको र दलमा छलफल नभएकाले दुई दिनको समय मागेको कांग्रेसले जनाएको छ ।

कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएको हो।नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बन्नुभएका माओवादी संसदीय दलका नेता जमकट्टेल राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेपछि विश्वासको मत लिन लाग्नुभएको हो।

केन्द्र सरकारमा सरकारबाट बाहिरिएको एमाले बागमतीमा भने सरकारमै छ। तर सत्ता गठबन्धन हेरफेर भएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर