पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटे राप्रपाका नेताहरुले

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ। महामन्त्री धवलशम्शेर राणाका अनुसार बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको थियो।

शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए। भेटमा राप्रपा नेताहरु डा. प्रकाशचन्द्र लोहनी र रवीन्द्र मिश्रको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर