काठमाडौं । बागमती प्रदेशसभाको बैठक चैत १० गते बस्ने गरी सारिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कांग्रेस सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी सारिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले अब प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने जनाए । आजै मुख्यमन्त्री शालिकराम जम्कट्टेल र सभामुख भुवन पाठकबिच भएको छलफलपछि प्रदेशसभा बैठक सार्ने निर्णय भएको उनले जानकारी दिए ।

