थ्री नेशन्स कप फुटबलमा लाओसलाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० ले विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरेका थिए । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २–० को जित दिलाए ।

यो जितसँगै ३ अंक जोडेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । चैत १७ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, लाओस र भुटान सहभागि छन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । त्यसअघि चैत ११ गते शनिबार भुटान र लाओस भिड्ने छन् । नेपालले आफ्नो दोस्रो खेल चैत १४ गते मंगलबार भुटानसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय