लोसपा सरकारमा सहभागी हुने

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ। लोसपा केन्दीय कार्यकारिणी समितिको आज बसेको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको नेता शरदसिंह भण्डारीले बताए।

लोसपाले सरकारमा सम्मानजनक सहभागिताका लागि छलफल गर्ने जिम्मेवारी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। नागरिकता लगायतका विषयमा अझै पनि आन्दोलनरत रहेकाले यस विषयमा छलफल हुने उनको भनाइ थियो। त्यस्तै, रेशम चौधरी लगायत नेता तथा कार्यकर्तालाई पनि रिहा गर्नुपर्ने लोसपाको माग छ। राजनीतिक विषयलाई राजनीतिक रुपमै सम्बोधन गर्नुपर्ने लोसपाको धारणा रहेको उनले बताए।

यससँगै लोसपाले उपनिर्वाचनमा पनि सहभागिता जनाउँने भएको छ। सत्तारुढ गठबन्धनमा रहे पनि बारा-२ मा भने उम्मेदवारी दिने लोसपाले निर्णय गरेको भण्डारीले बताए।

गत मंसीर ४ गते भएको निर्वाचनमा बारा-२ बाट निर्वाचत रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यस क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। त्यो क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर