वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ। अस्वस्थ भएपछि केहीदिनदेखि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत ८६ वर्षकी उहाँको गएराती १० बजे निधन भएको हो। उहाँ निमोनिया भएपछि अस्पताल भर्ना हुनुभएको थियो ।

लामो समय रेडियो नेपालमा समाचार बाचनलगायत काम गर्नुभएको थियो। २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नुभएकी उहाँले सुरूमा हिन्दी र पछि नेपाली भाषामा समाचार बाचन गर्नुभएको थियो ।

उहाँले करिब ६० वर्ष रेडियोमा काम गर्नुभएको थियो। तर रेडियो नेपालबाट भने उहाँ २०४९ सालमा अवकाश लिनुभएको थियो त्यसपछि पनि उहाँ सञ्चारकर्ममै सक्रिय हुनुहुन्थ्यो ।

ताम्राकारको निधनको खबरले अत्यन्त दुःखी बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ताम्राकारको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर