कर्णाली। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन्। आज बिहान सुर्खेत आइपुगेका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उनले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे।
उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको बताए। उनले देश अस्थिरतातर्फ जाने करिब निश्चित भएको बताए। अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको उनको भनाई छ। यो गठबन्धनबाट देशको भविष्य नरहेको उनले टिप्पणी गरे।
‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन,’ पौडेलले भने। निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि आफूहरू सरकारमा गएको उनले बताए। ‘त्यो बेला नै केही समझदारीका साथ सरकारमा गएको हो,’ उनले भने।

