सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले घट्दै १ लाख ९ हजार रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर