काठमाडौंका मेयरविरुद्ध प्रर्दशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध प्रदर्शन भएको छ। संविधान र कानुनविपरीत सुकुम्वासीलाई उठीवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघरसम्र्म यालीसहित विरोध प्रदर्शन गरिएको हो।

आफूहरूलाई उठीवास लगाउने काममा मेयर बालेन लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए।

अध्यक्ष कार्कीले संविधान, कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पुर्जा दिनुको साटो मेयर साहले उठिबास लगाउने प्रयास गरिरहे कडा आन्दोलनमा जाने चेतावनीसमेत दिए।

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहित नाराबाजी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर