राप्रपाको पार्टी पदाधिकारीको बैठक बस्दै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (सोमबार) आफ्नो पदाधिकारी बैठक बोलाएको छ। अहिलेकेहिबेरमा पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ।

साथै केही समयपछि हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पदाधिकारी बैठकमा छलफल हुने सो पार्टीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर