आर्थिक मन्दी र त्यसको प्रभाव सुरक्षा चुनौती हुन् : प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू-राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामथ्र्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताउनु भएको छ ।

राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहमा उहाँले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभाव पनि सुरक्षा चुनौती रहेको बताउनु भएको हो ।

अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधि पनि सुरक्षा चुनौती रहेको प्रधानमन्त्रीको भनाइ छ ।

यसको प्रतिवाद एवं समाधानका लागि राजनीति, अर्थतन्त्र, कुटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर