प्रधानमन्त्री थ्री-नेसन्स कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं । प्रधानमन्त्री थ्री-नेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

खेलमा पहिलो गोल भने भुटानले गरेको थियो । मंगलबार दशरथ रंगशालमा भएको खेलको १९ औँ मिनेटमा भुटानका तेञ्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । भुटान जीततर्फ अघि बढिरहँदा दीपकराज सिंह ठकुरीले निर्धारित समयको अन्तिममा गोल गरे ।

खेल बराबरीमा सकिएसँगै जीतविहीन बन्दै भुटान प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले फाइनलमा लाओसको खेल्ने छ । फाइनल खेल आगामी शुक्रबार हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय