काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा दोस्रो पटक बसेको छ । आज बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक बसिरहेको छ ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनमतका सीके राउत लगायतका नेताहरू सहभागी छन्। जसपा अध्यक्ष बालुवाटार पुगेर व्यक्तिगत काम पर्यो भन्दै बाहिरिनु भएको छ।
सत्ताघटक दलका नेताहरूका अनुसार आज नै केही मन्त्रीलाई शपथ गराउने तयारी छ । पूर्ण आकारको मन्त्रिपरिषद् भने मन्त्रालयको भागबण्डा टुंगो लगाएपछि बनाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

