टुंगियो मन्त्रालय भागबण्डा, मन्त्रीहरूको शपथ भोलि

काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा लगभग टुंग्याएको छ । आज अपराह्न बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

सत्ता गठबन्धन सम्बद्ध राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागबण्डा गरिएको उहाँको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ ।

यस्तै जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।

श्रेष्ठले गठबन्धनका १० दलदलमध्ये ९ पार्टी सरकारमा सहभागी हुने बताउनुभयो । मन्त्रालयको संख्यामा दलहरू सहमतिमा पुगे पनि कुन पार्टीलाई कुन मन्त्रालय भन्नेमा कुरा मिल्न बाँकी रहेको श्रेष्ठको भनाइ छ । भोलि फेरि सत्ता साझेदार दलको बैठक बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर