एनएसएभीको आयोजनामा मेलवर्नमा गाला डिनर हुँदै, दर्जनौ नेपाली खेलाडीहरुलाई सहयोग पुर्याइने

मेलवर्न । भिक्टोरियामा रहेका नेपालीहरुमाझ विभिन्न खेलकूदजन्य क्रियाकलापमा सक्रियता बढाउनेगरी स्थापित नेपाली स्पोर्टस एसोसियसन अफ भिक्टोरिया (एनएसएभी)ले खेलाडीहरुको सहयोगार्थ गाला डिनर आयोजना गरेको छ ।

यही अप्रिल २ गते आइतवार साँझ वेस्ट ब्रन्सविकमा गाला डिनर आयोजना गरिएको एनएसएभीका अध्यक्ष तारा गैरेले जानकारी दिए ।

आउँदै गरेको अप्रिल इस्टर पर्वको अवसरमा ७ अप्रिल देखि १० अप्रिलसम्म क्यानबेरामा आयोजिता ओसनीय नेपाली खेल सम्मेलन २०२३ मा एनएसएभीले व्यापक सहभागिता जनाउने तयारी गरेको छ । उक्त प्रतियोगितामा भाग लिनको निम्ती एनएसएभीको तर्फबाट १३० भन्दा बढी खेलाडीहरुले विभिन्न विधामा सहभागिता जनाउने भएकोले पनि गाला डिनर मार्फत अर्थ संकलनको उद्धेश्य राखिएको अध्यक्ष गैरेको भनाई छ ।

७०० भन्दा बढी खेलाडीहरुको सहभागिता हुने उक्त खेल सम्मेलनमा भिक्टोरियाबाट क्रिकेट, सकर, फुटबल, पौडी, बास्केटबल, भलिवल, ५ किमी दौड, ब्याडमिन्टन, गल्फ लगायतका १० विधामा १३० बढी खेलाडीलाई लैजाने तयारी भएको छ।

यो पनि पढ्नुहोस्ः भिक्टोरियामा एनएसएभीको स्थापना, ओसनिया नेपाली खेल सम्मेलनमा १३० बढी खेलाडी लैजादैं

एनएसएभीका कोषाध्यक्ष सुदीप न्यौपानेले खेलाडीहरुको खानेबस्ने खर्च तथा आवतजावतको निम्ती पनि केही खर्च हुने भएको कारण गाला डिनरमार्फत केही आर्थिक संकलनको अपेक्षा गरिएको जानकारी दिए ।

भिक्टोरियन खेल टिमको मुख्य प्रायोजन ब्राइटन कलेजले गरेको छ भने म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले सहप्रायोजन गरेको छ । बेटर चोइस मोर्टगेज एन्ड फाइनान्सले प्लाटिनम स्पोन्सरको रुपमा सहयोग गरेको छ । त्यस्तै डिजिटल पार्टनरको रुपमा एमरजेन्ट डिजिटलले साथ दिएको छ भने नोवल करियर गुरुजले भिक्टोरिया बास्केटबल टिमलाई मुख्य प्रायोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय