आईपीएल : लखनउ र पञ्जाबको विजयी सुरूवात

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्सले विजयी सुरूवात गरेका छन् ।

शनिबार भएका खेलहरूमा लखनउले दिल्ली क्यापिटल्सलाई ५० रन र पन्जाबले कोलकता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गर्दै विजयी सुरूवात गरेका हुन् । लखनउको घरेलु मैदानमा भएको खेलमा दिल्ली ५० रनले पराजित भएको हो ।

जितको लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४३ रन बनायो । दिल्लीका लागि कप्तान डेविड वार्नरले ५६, राईली रउसोले ३० तथा पृथ्वी शाले १२ रन बनाए ।

लखनउका लागि मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

लखनउका लागि कायल मेयर्सले ७३, निकोस पुरनले ३६, आयुष बदोनीले १८, दिपक होडाले १७, कुर्नाल पाण्ड्याले अविजित १५ तथा मार्कुस स्टोईनसले १२ रन बनाए ।

दिल्लीका लागि खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदिप यादवले समान १/१ विकेट लिए ।

बनिबार नै भएको अर्को खेलमा पञ्जाबले कोलकतालाई डिएल मेथडमा ७ रनले हराएको छ ।

मोहालीमा पञ्जाबले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको कोलकता १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि पञ्जाब डिएल पद्धतिका आधारमा ७ रनले विजयी भएको हो ।

१६ ओभर सकिँदा भारी वर्षा भएपछि खेलको निर्णय डिएल मेथडबाट भएको हो ।

आईपीएल क्रिकेटमा आइतबार सनराइर्जस हैदरबाद र राजस्तान रोयल्स तथा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्लोर खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय