काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टी नेपालकी मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन्। बिहान ११ बजे कानुन समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले सांसद शर्मालाई शपथग्रहण गराएका हुन्।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा निर्वाचित भएकी हुन्।
समानुपातिक सूचीको दोस्रो नम्बरमा रहेकी शर्मालाई निर्वाचन आयोगले रिक्त रहेको स्थानमा गत चैत ६ गते निर्वाचित भएको घोषणा गरेको थियो।

