सरकारले सामन्तवादका सबै अवशेष अन्त्य गर्न चाहेको गृहमन्त्रीको भनाइ

काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले मिटरब्याज पीडितको समस्या स्थायी रुपमा नै समाधान गर्ने गरी सरकारले काम गरेको बताए।

श्रेष्ठले सरकारले मिटर ब्याजसहितका सामन्तवादका सबै अवशेष मेटाउन प्रतिबद्ध रहेको बताए। उनले सरकारले मिटर ब्याजपीडितहरूको समस्या समाधानका लागि अलग्गै जाँचबुझ आयोग बनाएर काम गर्ने सहमति भइसकेको बताए। उनले विगतमा बनेका कार्यदलका प्रतिवेदनहरूका आधारमा आयोगले काम गर्ने बताए।

‘मिटरब्याजको अभ्यास सामन्तवादको अवशेष हो। यसको अन्त्यको अर्को विकल्प छैन। यो सरकार नेपालमा सामन्तवादका सबै अवशेषहरू अन्त्य भयो भनेर सुनिश्चित गर्न चाहन्छ,’ उनले भने, ‘मिटरब्याज पीडितहरूको आन्दोलनप्रति सरकार पूरै गम्भीर छ। सरकार हरहालतमा यो समस्याको समाधान गर्न चाहन्छ। यसका लागि पहिले पनि केही पहलहरू भएका हुन्, तर अहिले सरकारले अब विशेष पहल लिएर काम गर्न चाहन्छ।’

त्यस्तै हरेक जिल्लामा जिल्ला प्रशासन, सुरक्षा निकाय, मालपोत कार्यालय र मिटरब्याज पीडितको प्रतिनिधित्व रहने गरी समन्वय संयन्त्र बनाउने पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर