राप्रपाले उपनिर्वाचन हुने तीनै क्षेत्रका लागि उम्मेदवार तोक्यो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचन हुने तीनै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ। राप्रपाको आज (आइतबार) बसेको संसदीय समितिको बैठकले तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीबलाल पुरी र बारा-२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो।

चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर