तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन्। भट्टराइको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ रहेका छन्।
१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ। नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन्।

