काठमाडौं। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ। आजको बैठकमा महत्वपुर्ण विषयमा छलफल हुने जनाइएको छ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुपिकमल दाहाल ‘प्रचण्ड’ ले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९’ र ‘लोक सेवा आयोगको त्रिसठ्ठीऔं वार्षिक प्रतिवेदन, २०७८/०७९’ सभासमक्ष पेस गर्नेहुने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने तथा ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

