काठमाडौं । भारतीय टेलिभिजन सोनी इन्टरटेनेमन्टमा प्रसारित गायन रियालिटी शो इण्डियन आइडलको १३ औँ उपाधि ऋषि सिंहले जिलेका छन् ।
उत्तर प्रदेशस्थित अयोध्यायका सिंहले आइडलको उपाधि जितेका हुन् । जितसँगै उनले २५ लाख भारु र कार प्राप्त गरेका छन् ।
उनले अन्य शीर्ष पाँच प्रतियोगी विदिप्ता चक्रवर्ती, सोनाक्षी कार, देबोस्मिता रोय, चिराग कोतवाल र शिवम् सिंहसँग फाइनलमा प्रतिस्पर्धा गरे । उपविजेता बनेर देबोस्मिता रोय र चिराग कोतवाल क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए ।
ऋषिले जितेको कार मारुती सुजुकीको ब्रेजाको जेडएक्सआई रहेको बताइएको छ । यदि हामीले यसलाई शीर्ष मोडेल मान्ने हो भने, कारको मूल्य लगभग १२.६० देखि १२.८० लाख भारु हुनेछ ।
विजेता घोषणा भएपछि च्यानलको आधिकारिक सामाजिक सञ्जाल पेजले ट्वीटरमा ठूलो घोषणा गरेको छ । ऋषि सिंहको तस्वीर सेयर गर्दै च्यानलले लेखेको छ, ‘सबैमाथि जादू चलाउँदै ऋषिले हाम्रो मात्र होइन, सबैको दिल जिते । इण्डियन आइडल १३ का एक योग्य प्रतियोगी । बधाई छ, ऋषि ।’