काठमाडौं। मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए।
एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ। एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ।

