अष्ट्रेलियाले पनि टिकटकमाथि लगायो प्रतिबन्ध

सिड्नी। अष्ट्रेलियाले पनि टिकटकमाथि प्रतिबन्ध लगाएको छ। योसँगै सरकारी उपकरणमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने देशहरुमा अमेरिका, क्यानडा, बेलायत र न्यूजिल्याण्डपछि अष्ट्रेलिया पनि थपिएको छ।

महान्यायाधिवक्ता मार्क ड्रेफसले मंगलबार एक विज्ञप्तिमा गर्दै गुप्तचर र सुरक्षा एजेन्सीहरूको सल्लाहमा प्रतिबन्ध ‘जति सक्दो चाँडो’ लागू हुने जानकारी दिएका छन्।

गोपनियता र राष्ट्रिय सुरक्षाका लागि उक्त एप चुनौती बन्दै गएको भन्दै सरकारी उपकरणमा प्रयोग गर्न प्रतिबन्ध लगाएको बताइएको छ। अष्ट्रेलियाले प्रतिबन्ध लगाउनुभन्दा १५ दिन पहिला टिकटकले आफ्नो नीति नियम परिवर्तन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय