काठमाडौं। मधेस प्रदेश सरकारबाट एमालेका चार मन्त्रीहरुले राजीनामा दिएका छन्। मंगलबार एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले मुख्यमन्त्री सरोज यादव समकक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्रीले आज चार बजेसम्ममा एमालेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका थिए।
मधेस सरकारमा प्रदेश एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीका रुपमा सहभागी थिए।
एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीको नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपालाई प्रदेश सरकारमा सहभागी गराउने गृहकार्यमा देखिन्छ। मुख्यमन्त्रीले जनमत पार्टीका मन्त्रीहरुलाईसमेत राजीनामा दिन निर्देशन दिएका छन्।

