रविविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ।

राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि फुयालको इजलाशमा पेशी तोकिएको हो। सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा छ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिलने भन्दै स्थगित भएको थियो। न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए।

सोमबार युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए। यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो।

महान्यायाधीवक्ताको लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय कानुनविपरित रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर